९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: वर्षा, हिमपात र हावाहुरीको सम्भावना



अ+ अ-

काठमाडौं । शुक्रबार बिहान नेपालमा पश्चिमी निम्न चापिए प्रणालीको प्रभाबका कारण देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहेको छ। काठमााडौंको आकाशमा धुम्म तुवालो लागेको छ । हिजो दिनभर नखुलेको आकाश आज पनि खुल्ने सम्भावना कम छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमि उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना छ। आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

पश्चिमी उच्च पहाडी सहित हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।