५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनउडको दुई गोलमा युनाईटेडको जित



अ+ अ-

युरोपा लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले प्रभावशाली जित निकालेको छ । बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोल अन्तरले हराएको हो । अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।

युनाईटेडको जितमा मासन ग्रिनउडले दुई गोल गरे । म्यान युनाईटेडका चारै गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलमा अग्रता युनाईटेडले ५३ औ मिनेटमा एस्ले योङको गोलबाट लिएको थियो । जुवान माटाको क्रसलाई सदुपयोग गर्दै उनले फेब्रुअरीपछि क्लबका लागि पहिलो गोल गरेका हुन् । ग्रिनउडले ५८ औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाएका थिए ।

माटाले ६२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । स्पेनिस मिडफिल्डरको सिजनको यो पहिलो गोल हो । त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई फराकिलो जित दिलाए । जितसंगै युनाईटेड समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । अब सोमबार प्रतियोगिताको अन्तिम ३२ को ड्र सार्वजनीक हुनेछ ।