५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल युरोपा लिगको नकआउट चरणमा



अ+ अ-

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ । समूह एफको अन्तिम खेलमा स्टान्डर्ड लिजसंग २–२ गोलको बराबरी खेल्दै आर्सनल समूह विजेता बन्दै नकआउट प्रवेश गरेको हो । दोस्रो हाफमा २–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै आर्सनलले खेल बराबरी गर्न सफल भयो ।

खेलमा अग्रता घरेलु टोली स्टान्डर्ड लिजले ४७ औं मिनेटमा स्यामुयल बास्टियनको गोलबाट लिएको थियो ।६९ औ मिनेटमा सेलिम अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । एलेक्जेन्डर लाकाजेटले ७८ औ मिनेटमा आर्सनललाई खेलमा फर्काउने कोशिश गरे ।

८१ औ मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । बराबरीसंगै आर्सनल समूह एफको शीर्ष स्थानमा रह्यो । उसले ११ अंक जोड्यो । फ्रान्कफर्ट ९ अंक सहित उपविजेता रह्यो ।