१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी



अ+ अ-

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले जित हात पारेको छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशाैँ जित हात पारेको हो ।

टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५६-३३ को अग्रता बनाएको थियो । त्यसपछि टनईम्सले तेस्रो क्वाटर २१-१८ ले आफ्नो पक्षमा पार्दा चाैथो क्वाटर सोलोले २१-१८ ले आफ्नो पक्षमा बनाएको थियो ।

टाईम्सले लगातार दशाैँ जितपछि ११ खेलबाट २१ अंक जोडेको छ । सोलोको यो नवाैँ हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचाै स्थानमा छ ।

टाईम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक अंक स्कोर गरे । यस्तै सोमबार भएको अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२-५९ को फराकिलो अन्तरले हरायो ।

गोल्डेनगेटका दिप्सन केसी म्यान अफ दि म्याच घोषित भए । गोल्डेनगेटले पनि ११ खेलमा दशाैँ जपत हात पारेको हो । ११ खेलबाट २१ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ भने समान अंक भएपनि अंक अन्तरका कारण टाईम्स दोस्रोमा छ । यस्तै आईतबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले रोएललाई १०२-७५ ले पराजित गरेको छ ।

आर्मीले १० खेल खेल्दा नवौँ जित हात पारेको हो । आर्मीले १० खेलबाट १९ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा छ । आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।