४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

दुर्गा खरेलमार्फत पलेँटीमा गुञ्जियो विगतको दार्जिलिङ

दुर्गा खरेलमार्फत पलेँटीमा गुञ्जियो विगतको दार्जिलिङ
अ+ अ-

काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको आरशालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम पलेँटी‘ सम्पन्न भएको छ ।

यसपालीको पलेँटी दार्जिलिङका विस्मृत रचनाहरूलाई अभिलेखमा ल्याउने उदेश्यले गरेको कुरा आयोजकहरूले जानकारी गराएका थिए ।

१७ वर्ष पहिले पलेँटीमा आफ्नो पहिलो प्रस्तुति दिएका दुर्गा खरेलले गतवर्ष पनि नेपालयको ‘आरशाला गुञ्जायमान बनाएका थिए । विगतका कार्यक्रममा आफ्ना सांगीतिक सहयात्री बद्री खरेल दाइका साथ प्रस्तुत हुने गरेका दुर्गा यसपालि भने पलेँटीकी कण्ठ शिल्पी अभिज्ञा घिमिरेका साथ प्रस्तुत भएका थिए ।

यसपालिको कार्यक्रममा दार्जिलिङका बिर्सिएका गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीतहरूको छनोट दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गरेका थिए ।

कार्यक्रमको शुभारम्भ बद्री-दुर्गाकै लोकप्रिय गीत बोलाउँ भने तिमीलाई बात लाग्ने डरबाट भएको थियो । त्यसपछि भने दार्जिलिङका अनेकौं पुराना स्रष्टाहरूको गीति पाना खोलिएको थियो । जुन पाना दुर्गा खरेलको मस्तिष्कमा जोगिएर रहेका सांगीतिक पाना थिए ।

दुर्गाले आफ्नो सम्झनाको पाना पल्टाउँदा संगीतकार अम्बर गुरुङलाई अग्रस्थानमा राखेका थिए । अम्बर गुरुङका धुन सम्झने क्रममा सबैभन्दा पहिले उनले पहाड सुक्यो जस्तो लाग्छ‘ गीत प्रस्तुत गरे । गीत प्रस्तुतिका क्रममा दुर्गाले यो गीत धुनको कारणले मात्र होइन शब्दको कारणले पनि मौलिक लागेर आकर्षित भएको र मनमा रहिबसेको बताएका थिए ।

चौतारीमा बाटो खोज्दा खोज्दै मरेँ जस्तो लाग्छचौतारीको भूतको कथा मेरै मेरै जस्तो लाग्छ‘ । अम्बर गुरुङकै शब्दमा रहेको यो गीत गुरुङ दार्जिलिङमा हुँदा नै लोकप्रिय भएको थियो ।

गुरुङकै सङ्गीत प्रस्तुत गर्ने क्रममा उनले अर्को रचना डाँडापारी हिउँ परेछडाँडावारी पानी‘ प्रस्तुत गरेका थिए । यो गीत अम्बर गुरुङका मीत गीतकार ईन्द्र थपलियाले लेखेको गीत थियो ।

त्यसपछि दुर्गा खरेलले अम्बर गुरुङले दार्जिलिङमा हुँदै अरुणा लामासँग गाएको हो कि भन्ने धुमिल सम्झना गर्दै घामजुन पञ्च राखी बाचा मार‘ प्रस्तुत गरेका थिए । दुर्गाको सहगायनमा अभिज्ञा घिमिरेको साथ रहेको थियो ।

त्यसपछि गोपाल योञ्जन आफ्नो संगीतको पहिलो गुरु रहेको स्मरण गर्दै दुर्गा खरेलले उनका दुईवटा गीतहरूलाई प्रस्तुत गरेका थिए । लिई गला नदीको बालुवाको ओठ लिएरपिउँछु मुहान सुराको बेहोस बेहोस भएर‘ दुर्गाको गलामा गुन्जँदा गोपाल योञ्जनकै झझल्को सुनिन्थ्यो । जुन झझल्को प्रियसीको हत्केलामा कोरिएका रेखाहरूहेर्दाहेर्दै बिर्सिएछु भन्नपर्ने कुराहरू‘ गुञ्जाउँदा पनि निरन्तर थियो ।

पुराना सिर्जना सम्झने क्रममा संगीतकार शान्ति ठटालका सृजनालाई पनि समेटिएको थियो । दुर्गाले कुनै समय त्यो फेरि फर्कलानाटकमा अभिनय गर्दै गन्धर्वको भूमिकामा आफैंले गाएको सुन सुन भला पञ्च म केही भन्छु‘ गीतको सम्झना गरेका थिए । भवानी भिक्षुको त्यो फेरि फर्कला‘ नाटकमा संगीतकार शान्ति ठटालले संगीत भरेकी थिइन् ।

ठटालकै सिर्जना सम्झँदै गर्दा अभिज्ञा घिमिरेले कुन जुनीको पाप मलाई आज लागेछनिर्मोहीको मायाको व्यथा उर्लिरहन्छ‘ सुनाएकी थिइन् । गीतकार मेनुका प्रधानका शब्दलाई संगीतकार शान्ति ठटालले बिरनी शैलीमा धुन भरेको गीत थियो यो ।

त्यसपछिको प्रस्तुतिमा ६० को दशकभन्दा अगाडि नै दार्जिलिङमा लोकप्रिय बनेका एमबी सुन्दासका गीतहरू परेका थिए । सुन्दासको स्वर्णिम सपनासाथ अङ्गाली तिमी निदायौ होली‘ आधुनिक शैलीमा आधारित गीत थियो भने फूल फुल्यो पहेँली ए साइलीयाद आउँछ झलझली‘ लोक शैलीको गीत थियो ।

 यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड)पारशमणि सुवेदी र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी)कृपेश लोहनी (रिदम गिटार) र सुदीप खत्री (बेस गिटार) को सहभागिता रहेको थियो ।

 अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबारशनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना दार्जिलिङका गायक पवन गोले सङ्गीतकार रमेश गुरुङका साथ प्रस्तुत हुनेछन् । पवन गोलेको गीत ‘हावासँगै बगुँ भन्छ’ नेपाली सङ्गीत जगतमा लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।

 आगामी पलेँटीको  टिकेट बुकिङ खुली सकेको कुरा आयोजकले जानकारी गराएका छन् । त्यसका निम्ति पलेँटीको आधिकारिक वेभसाइटमा प्रवेश गर्नुपर्ने हुन्छ ।