१९ भाद्र २०८३, शुक्रबार
,
Latest
दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई आग्रह गर्नुभएको छ ।

मन्त्री भण्डारी र विश्व खाद्य कार्यक्रम नेपालका देशीय निर्देशक रियाज लोधीबीच आज सुर्खेत वीरेन्द्रनगरस्थित मन्त्रालयमा भएको भेटघाटमा उहाँले कर्णालीको आयात घटाउने र आत्मनिर्भर बढाउने कार्यक्रमलाई बढावा दिन अनुरोध गर्नुभएको हो ।

भेटमा कर्णालीमा लागु भएको विश्व खाद्य कार्यक्रमको समीक्षा गरिएको थियो। सो अवसरमा मन्त्री भण्डारीले कर्णालीमा जलवायु परिवर्तनको उच्च जोखिमका कारण हिमाली क्षेत्रबाट सिजनअनुसार बसाइँसराइ हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

श्रम तथा रोजगारका लागि भारत जाने र शिक्षाका लागि सहर बसाइ सर्ने कारणले खाद्य प्रणालीमा असर परेको उहाँको भनाइ थियो । निर्देशक लोधीले विगतका कार्यक्रमको स्मरण गराउँदै थप कार्यक्रम सञ्चालन गर्न चाहेको बताउनुभएको थियो ।

किसानको उत्पादन र बिक्री गरिएका वस्तुको समयमा भुक्तानी हुन नसक्ने देशभरका समस्या बारे जानकारी गराउँदै यससम्बन्धी काम आफूहरुले गर्न खोजेको उहाँको भनाइ थियो पोषणसम्बन्धी कार्यक्रम कर्णाली प्रदेश केन्द्रित भएको बताउँदै लोधीले आफ्ना सबै कार्यक्रमलाई एकीकृत प्रणालीबाट कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । रासस