१९ भाद्र २०८३, शुक्रबार
,
Latest
न सास भेटियो, न लाश : कुशको शव बनाएर आफ्नै आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने



अ+ अ-

कालीकोट। कालीकोटको रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत ‘डिजिटल पालिका’ बनाउन लागेको हो ।

आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न रु ४९ लाख बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो ।

यसअघि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रदेश सरकारले रास्कोटसहित प्रदेशका सात स्थानीय तहलाई कुल रु तीन करोड ४० लाख बराबरको परियोजना कार्यान्वयन गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिनुभएको थियो ।

यस कार्यक्रमले पालिकाका सूचना, तथ्याङ्क र सेवाहरूलाई ‘अनलाइन’ प्रणालीमा आबद्ध गरी नागरिकलाई छिटो र छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।  रासस