६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल गीताञ्जली स्कुलको पहलमा विद्यार्थी–अभिभावक लक्षित प्रेरणादायी वर्कशप सम्पन्न



अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलको आयोजनामा एकदिवसीय ‘मोटिभेसनल एण्ड काउन्सिलिङ वर्कशप’ सम्पन्न भएको छ। कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र प्रेरणादायी बनेको विद्यालयले जनाएको छ।

कार्यक्रममा चर्चित मोटिभेटर डा.तारा जीले विद्यार्थीहरूको मानसिक, भावनात्मक तथा शैक्षिक विकाससँग सम्बन्धित विविध विषयमा स्पष्ट, व्यवहारिक र प्रेरणादायी मार्गदर्शन दिएका थिए। उनका अनुभव, उदाहरण तथा सकारात्मक सोचले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति केन्द्रित रहन, आत्मविश्वासका साथ अघि बढ्न र चुनौतीहरूलाई अवसरका रूपमा लिन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

त्यसैगरी, कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना सन्तानको व्यवहार, सोच र आवश्यकतालाई अझ नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्। अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यको भावना विकास गर्नुपर्ने सन्देश पनि कार्यक्रममा प्रवाह गरिएको थियो।

विद्यालयका प्रिन्सिपल महेन्द्रराज घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले शैक्षिक उपलब्धिसँगै मानसिक सुदृढता र सकारात्मक सोचको विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमले सहभागीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने, नयाँ कुरा सिक्ने तथा आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गरेको विद्यालयको भनाइ छ। यस प्रकारका मार्गदर्शनमूलक कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक(शिक्षिका तथा सम्पूर्ण सहभागीप्रति विद्यालयले आभार व्यक्त गरेको छ।




भर्खरै