२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्राउको विरोधमा अनेरास्ववियूको प्रदर्शन, रिहाइको माग



अ+ अ-

काठमाडौं । अनेरास्ववियूले केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरेको छ।

अनेरास्ववियू आरआर क्याम्पस एकाइ समितिको अगुवाइमा विद्यार्थीहरूले शनिबार भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक को अविलम्ब रिहाइको माग गरेका छन्।

प्रहरीले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो भने लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग ले बुझाएको प्रतिवेदनका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो।

प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले सोही आयोगको प्रतिवेदन जलाएर विरोध जनाएका थिए।