२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच होर्मुज जलडमरु क्षेत्रमा मानवीय आवश्यकताहरू पूरा गर्न प्राविधिक संयन्त्र विकास गर्न एक कार्यदल गठन गरेका छन्।

उनको प्रवक्ताले जानकारी दिए अनुसार, मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरु हुँदै हुने समुद्री व्यापारमा अवरोध आउँदा आगामी महिनाहरूमा मानवीय सहायता र कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने जोखिम बढेको छ ।

महासचिव गुटेरेसले द्वन्द्वको दिगो समाधानका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै तत्काल समुद्री चुनौती समाधान गर्न आवश्यक देखेर कार्यदल गठन गरिएको बताएका छन्।

यस कार्यदलले जलडमरु क्षेत्रमा जहाजहरूको सुरक्षाका उपायहरू खोज्नेछ । नयाँ संयन्त्रमार्फत मल तथा त्यससँग सम्बन्धित कच्चा पदार्थको व्यापार सहज बनाउने लक्ष्य राखिएको छ । यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ ।

यसैबीच, स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय निकायका अनुसार दुबईबाट पठाइने राहत सामग्री पुनः नियमित बन्दै गएको छ । मध्यपूर्वमा इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको लडाइँ तीव्र बन्दै जाँदा चिन्ता बढेको छ । लेबनानमा करिब १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जुन त्यहाँको कुल जनसंख्याको करिब पाँचौं हिस्सा हो ।

बालबालिकाहरू विशेष रूपमा प्रभावित भएका छन्, दैनिक करिब १९ हजार बालबालिका विस्थापित भइरहेका छन् । शान्ति स्थापनामा खटिएका संयुक्त राष्ट्रका सैनिकहरूको सुरक्षा अवस्था पनि कमजोर बन्दै गएको छ । हालै सीमावर्ती क्षेत्रमा ठूलो संख्यामा आक्रमणका गतिविधिहरू देखिएका छन् ।

प्रवक्ताले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा हुने सैन्य कारबाही रोक्न आग्रह गर्नुभयो, किनभने यसले सर्वसाधारणलाई सबैभन्दा बढी असर पारिरहेको छ । पश्चिम किनार क्षेत्रमा पनि हिंसा जारी छ ।

केही स्थानमा नागरिकको ज्यान गएको छ भने बसोबास क्षेत्रहरूमा आक्रमण र क्षति बढेको छ । हालैका महिनाहरूमा यस्ता घटनाका कारण हजारौँ मानिस विस्थापित भएका छन् । गाजा क्षेत्रमा राहत वितरण जारी रहे पनि पहुँचमा अवरोध, आपूर्ति श्रृंखलामा समस्या र निरन्तर आक्रमणका कारण चुनौतीहरू कायम छन् ।