११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

निजगढ विमानस्थल चाँडै बनाउन सरोकारवालाहरुको माग

निजगढ विमानस्थल चाँडै बनाउन  सरोकारवालाहरुको माग
अ अ+ अ-

काठमाडौं । वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् । उनीहरूले उक्त विमानस्थल सम्पन्न हुनसके विश्वका विभिन्न मुलुकबाट आउने पर्यटक वृद्धि हुनुका साथै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताए ।

दु्रतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि देशको आर्थिक गतिविधि तीव्र हुने भएकाले कुनै पनि निहुँ निकाली निर्माण कार्य ढिलाइ गर्न नहुनेमा जोड दिए । दुई दशकअघि नै बारामा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी सरकारले अध्ययन थालेको बताउँदै पहिल्यै बन्नुपर्ने विमानस्थल दशकौँ बितिसक्दा पनि बन्न नसकेको उनीहरूको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन विमानस्थलपछि निजगढ विमानस्थल अन्तर्राष्ट्रिय रूपमा सम्पर्क बढाउन दोस्रो भरपर्दो विमानस्थल हुने उल्लेख गर्दै त्यसका लागि दुई हजार हेक्टर बन क्षेत्रका रुख कटान गरिनुपर्ने आवश्यकता रहेको तथा जंगल क्षेत्रको दक्षिणपट्टीको ५५ किलोमिटर क्षेत्रमा तारबार बाँधिएको बताए । उनले उक्त विमानस्थल निर्माणका लागि विवाद खडा गर्नु आवश्यक नभएको प्रस्ट पार्दै सरकारले पनि विमानस्थल निर्माण गर्ने कार्य अघि बढाउने तथा लगानीकर्ताको खोजी कार्य सुरु भएको बताए ।

नेपाल सरकारका पूर्वसचिव एवं पूर्वाधारविद् वीरेन्द्रबहादुर देउजाले १८ वर्षअघि नै उक्त विमानस्थलका लागि सर्भे गरिएको जानकारी दिँदै नेपालको आर्थिक उन्नति तथा दीर्घकालीन हितसँग जोडिएकाले सो विमानस्थल निर्माणका लागि सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । इन्जिनियर ओम शर्माले तयार पारेको अवधारणापत्रमा उक्त विमानस्थल निर्माण गर्दा पनि ७० प्रतिशत रुख सुरक्षित हुने तथा १० हजार रुख काट्नुपर्ने अवस्थामा रहेका उल्लेख भएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सौर्य दैनिकबाट