११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

नाडा अध्यक्षमा वर्तमान उपाध्यक्ष दुलाल निर्विरोध निर्वाचित

नाडा अध्यक्षमा वर्तमान उपाध्यक्ष दुलाल निर्विरोध निर्वाचित
अ अ+ अ-

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् । आगामी नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न उम्मेदवारी दर्ता गर्ने बेला अध्यक्ष पदमा दुलालको मात्र उम्मेदवारी परेपछि आगामी कार्यसमितिको अध्यक्षमा दुलाल निर्विरोध निर्वाचित भएका हुन् । आगामी ४ पुसको साधारण सभामा हुने निर्वाचनका लागि नाडाको अध्यक्षमा चुनाव लड्ने भनेका अर्का व्यवसायी प्रकाश कपुरीले उम्मेदवारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध निर्वाचित भएका हुन् ।

अब नाडाको आगामी शुक्रबार हुने साधारण सभा पछि मात्र दुलाल नाडाको नयाँ अध्यक्ष घोषित हुनेछन् । अहिले उनी नाडाको उपाध्यक्ष हुन । यसैगरी, दुलाल निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य पनि हुन् । अध्यक्ष पदका आकांक्षी कपुरीले अन्तिम समयमा मनोनयन दर्ता नगराएपछि दुलालसँगै १९ सदस्यीय कार्यसमिति आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको हो ।

नाडाले आइतबारका लागि मनोनयन दर्ताका लागि अन्तिम मिति तय गरेको थियो । आइतबार सम्पन्न अन्तिम उम्मेदवारी दर्ता पछि स्वतः अध्यक्षमा निर्विरोध भएका दुलालले अब अध्यक्षका रूपमा अटोमोबाइल्स क्षेत्रको मनोबल बढाउने गरेर आफूले काम गर्ने बताए । ‘अहिले अटोमोबाइल्स क्षेत्रमा केही समस्या देखिएको बताउँदै दुलालले भने, ‘अब म यस्ता समस्या सुधार गर्न सरकारसँग मिलेर काम गर्छु ।’ उनले सवारीसाधन बिक्रीवितरणको व्यवसायलाई अझ सुदृढ पार्न भूमिका खेल्ने आफ्नो मुख्य योजना रहेको बताए । अटोमोबाइलको व्यापार मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो ।

यसलाई अहिले पनि अस्थायी व्यवसायका रूपमा बुझिँदै आइएको बताउँदै दुलालले भने, ‘यो क्षेत्रबाट मुलुकको अर्थतन्त्र विस्तार र यो व्यवसायलाई स्थापित बनाउन हामी लागिपर्नेछौं ।’ उनले अटोमोबाइल व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले लागू गर्दै आएको करको प्रतिशत न्यूनीकरण गर्नु मुख्य उद्देश्य रहेको बताए । ‘अब मेरो भूमिका भनेको संघ र सरकार बीचको पुल हो, यो व्यवसायलाई दिगो र स्थापित बनाउन मैले पुलको भूमिका निर्वाह गर्नेछु,’ उनले भने ।नाडाको आगामी शुक्रबार हुने साधारण सभाले अध्यक्षलगायत अन्य कार्यसमितिका पदाधिकारी चयन भएको घोषणा गर्नेछ ।

नाडाको यस अन्तिम उम्मेदवारी दर्ताको समय सकिएपछि अध्यक्षमा दुलालसँगै अन्य कार्यसमिति सदस्यमा पनि निर्विरोध भएको छ । आगामी नयाँ दुलाल नेतृत्वमा यसरी निर्वाचित हुने अन्य सदस्यमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया र राजनबाबु श्रेष्ठ छन् । त्यस्तै, निराकार श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक पनि निर्विरोध निर्वाचित भएको नाडा निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सवारीसाधनका आधिकारिक विक्रेताको छाता संगठन नाडाको आगामी नयाँ नेतृत्वमा संस्थागत तर्फबाट ध्रुवबहादुर थापा, सुभास आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी भने नयाँ कार्यसमितिले चयन गर्ने व्यवस्था विधानमा रहेको नाडा निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष दुलालले आगामी शुक्रबारको साधारण सभामा औपचारिक रूपमा अध्यक्षको पद ग्रहण गर्नेछन् ।

दुलाल र कपुरीले यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।उपाध्यक्ष हुँदै दुलाल नेतृत्वको जिम्मेवारी सम्हाल्नुअघि सदस्य र कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका सफल व्यवसायी हुन् । नाडाको विधानअनुसार १९ जनाको कार्यसमिति हुनेछ । यसमा अध्यक्षबाहेक १४ जना साधारण सदस्यबाट र चारजनाले संस्थागततर्फबाट प्रतिनिधित्व गर्नेछन् । राजधानी दैनिकबाट