५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी टिमसंग मनाङ मस्र्याङ्दी क्लब पराजित



अ+ अ-

काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब जापानको चौथो श्रेणीको लिगका खेलाडी सम्मिलित यू–२२ टोलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३–० को जित दर्ता गरेको हो । खेलको २८ औँ मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता बनाएको थियो ।

जिनले नै ३४ औँ मिनेटमा गोल गर्दै जापानी टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडी परेको मनाङले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । खेलको ३ मिनेट समय बाँकी रहँदा जापानी टोलीका लागि मासाहिको सुगिताले गोल गर्दै सहज जित पक्का गरे । यससँगै जापानी टोलीको नेपाल भ्रमण पनि सकिएको छ ।

शुक्रबार नेपाल निलोलाई ४–० ले हराएको जापानी टोलीले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मनाङले भने अब यस खेलसँगै लिगको तयारी पूरा गरेको छ । मनाङले लिगको पहिलो खेलमा एपीएफको सामना गर्नेछ । खेल बुधबार दिउँसो २ः३० बजे दशरथ रंगशालामा हुनेछ ।