१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जिमाको ईन्जुरी गोलमा रियलको बराबरी



अ+ अ-

रियल मड्रिड स्पेनिस लिगमा हारबाट जोगिएको छ । आईतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो । बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

समान अंक भएपनि रियल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडी परेको छ । बार्सिलोना ३५ अंक सहित शीर्ष स्थानमा छ । रियल बराबर अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ । रियल मड्रिड र बार्सिलोनाले एल क्लासिको खेल अगाडी आ आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आगामी बुधबार दुवै टिम क्याम्प नाउमा एल क्लासिकोको पहिलो लेग खेल्दैछन् । ग्यारेथ वेल रियलका लागि दोस्रो हाफमा मैदान छिरेका थिए । रियल पछिल्लो ११ खेलमा अपराजित छ । उनी पछिल्लो दुई हप्तामा पहिलो पटक मैदान उत्रिएका हुन् । तर बेल सेप्टेम्बर १ यता क्लबमा गोल विहिन छन् ।