१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका राष्ट्रपति बोल्सोनारो उपचारपछि घर फिर्ता, ९० दिन नजरबन्दमा राखिने



अ+ अ-

ब्रासिलिया। ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो दुई हप्ताको अस्पताल बसाइपछि शुक्रबार घर फिर्ता हुनुभएको छ । उहाँलाई ब्रासिलियास्थित उहाँकै घरमा नजरबन्दमा राखिएको उहाँका निजी चिकित्सकले बताएका छन् ।

डिएफ स्टारको निजी अस्पताल बाहिर पत्रकारहरुसँग कुरा गर्दै बोल्सोनारोका चिकित्सक ब्राजिल काइडोले बोल्सोनारोको स्वास्थ्यबारे जानकारी दिँदै भन्नुभयो, “पूर्व राष्ट्रपति बोल्सोनारोलाई सोमबार नियमित बिरामी कक्षमा सार्नु अघि आईसीयूमा एक हप्ताभन्दा बढी समय उपचार गरिएको थियो भने शुक्रबार उहाँ घर फर्किनुभएको छ।”

सन् २०२२ को चुनावमा राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँग पराजित भएपछि ‘कू’ को प्रयास गरेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका बोल्सोनारो जेलमा बिरामी पर्नुभएको थियो ।

“अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ,“ काइडोले भन्नुभयो । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डी मोराइसले मङ्गलबार बोल्सोनारोलाई जेलबाट रिहा भएपछि ९० दिनका लागि अस्थायी रूपमा घरमै कैद सजाय भुक्तान गर्न अनुमति दिन आग्रह गर्नुभएको थियो ।

यस अवधिपछि अदालतले नजरबन्दको अवधि बढाउने वा पूर्व नेतालाई फेरि जेल पठाउने कि नपठाउने भनेर पुनः मूल्यांकन गर्नेछ।

मोराइसले बोल्सोनारोलाई मानवीय आधारमा नजरबन्दमा राख्न यसअघि गरेका कैयौँ अनुरोधलाई अस्वीकार गर्नुभएको थियो ।

सन् २०१९ देखि सन् २०२२ सम्म राष्ट्रपतिको रूपमा सेवा गरेका बोल्सोनारो आफ्नो सजाय आधिकारिक रूपमा सुरु हुनुअघि घरमै नजरबन्दमा हुनुहुन्थ्यो ।

बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटर’ लगाउनुपर्ने र कुराकानीका लागि फोन वा सामाजिक सञ्जालको प्रयोग गर्न नपाउने मोराइसले बताउनुभएको छ।

उहाँले आफ्नो परिवार, वकिल र चिकित्सकसँग भेटघाट गर्न सक्नुहुनेछ । सन् २०१८ मा राष्ट्रपतिका लागि चुनावी अभियानका क्रममा बोल्सोनारोको पेटमा छुरा प्रहार गरेसँगै देखिएको फोक्सोको सङ्क्रमणसम्बन्धी समस्या पछिल्लो पटक अस्पताल भर्ना हुनुपर्ने समस्या भएको अस्पतालले जनाएको छ ।

फोक्सोको सङ्क्रमणसम्बन्धी समस्याका कारण उहाँलाई लगातार बाडुल्की लाग्ने र बान्तासहित धेरै अपरेशन र अन्य स्वास्थ्य समस्याहरू निम्त्याएको छ।

चिकित्सकले यसै हप्ताको सुरुमा बताएअनुसार ब्रोन्कोप्निमोनियाबाट उहाँ निको हुनसक्ने तर निको हुने क्रममा फोक्सोमा दाग बन्ने जोखिम रहेको छ । यो पूर्णरूपमा निको हुन छ हप्तादेखि छ महिनासम्म लाग्न सक्छ ।

बोल्सोनारोले अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनमा आफ्ना जेठा छोरा ४४ वर्षीय सिनेटर फ्लाभियोलाई उम्मेदवारका रूपमा उठाउनुभएको छ।

केही मत सर्वेक्षणहरूले फ्लाभियो बोल्सोनारो र चौथो कार्यकालका लागि उम्मेदवारी दिन लागेका ८० वर्षीय लुलाबीच सम्भावित चुनावी दौडमा प्रतिस्पर्धा हुने देखाएका छन्।  (रासस/एएफपी)