३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन वर्थोन्घेनको गोलमा टोटेनहमकाे जित



अ+ अ-

ईङलिस प्रियिमर लिग फुटबलमा टोटेनहमले नाटकीय जित निकालेको छ । आईतबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले टोटेनहमले पराजित गर्न सफल रह्यो ।बराबरीतर्फको खेलमा टोटेनहमले ईन्जुरी समयमा गोल गर्दै जित निकाल्न सफल रहेको हो ।

जन वर्थोन्घेनको ईन्जुरी समयको गोलबाट टोटेनहमले जित आत्मसाथ गरेको हो । सोही गोल उल्भ्सको ११ खेलको अपराजित यात्रा टुङ्गाउन पर्याप्त रह्यो । ईन्जुरी समयमा कर्नरबाट आएको बललाई वर्थोन्घेनले हेडमार्फत गोलको दिशा दिएका थिए । खेलमा अग्रता टोटेनहमले आठौं मिनेटमा लुकास मौराको गोलबाट लिएको थियो ।

दोस्रो हाफमा एडमा ट्रारेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काएका थिए । टोटेनहम २६ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो । उल्भ्स २४ अंक सहित आठौंं स्थानमा रह्यो ।