५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथि सिटीको सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति आर्सनललाई उसैको घरेलु मैदानमा सिटीले ३–० गोलको स्वाद चखाएको हो । सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरेका थिए । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरेका थिए ।

घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले दोस्रो मिनेटमै ब्रुएनको गोलमा अग्रता बनाएको थियो । खेलको १५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ब्रुएनले खेलको ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाएका हुन् ।जितसँगै सिटीले १७ खेलबाट ३५ अंक जोडेको छ ।

तेस्रो स्थानको सिटीले शीर्ष दुई क्लबसँगको अंक दुरी समेत कम गरेको छ । लिग लिडर लिभरपुलको ४९ अंक रहदा दोस्रो स्थानको लेष्टर सिटीको ३९ अंक रहेको छ । लिगमा २२ अंक जोडेको आर्सनल नवौं स्थानमा रहेको छ ।