१७ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म



अ+ अ-

गण्डकी। आज मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएका खडकराज पौडेल ‘गनेस’का बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

उहाँका बारेमा थाहा हुनेलाई पनि पौडेल राजनीतिक दलका नेता भन्दा लेखक, साहित्यकार र अभियन्ताका रुपमा बढी परिचित हुनुहुन्थ्यो ।

तर उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट निर्वाचित हुनुभयो । उहाँको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ । जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मनुभएका उहाँलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।

साहित्यिक वृत्तमा गनेस पौडेल नामले परिचित उहाँले यसअघि पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्ने व्यक्तिको छवि बनाउनुभएको थियो । पौडेलले वातावरण, सम्पदा, कला, संस्कृति संरक्षणका मुद्दालाई विभिन्न कोणबाट प्रखर रूपमा उठाउँदै आउनुभएको थियो । विसं २०७४ मा उहाँको पहिलो उपन्यास ‘पैताला’ प्रकाशित भएको थियो । उहाँ अखबारी लेखनमा पनि उत्तिकै सिद्धहस्त हुनुहुन्छ ।

विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो । पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका परिकल्पनाकारसमेत हुनुहुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मनुभएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ । उहाँसँग शिक्षण पेसाको समेत अनुभव छ । पौडेल विसं २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।

त्यसबेला ‘लौरो’ चिह्न लिएर चुनाव लड्नुभएका उहाँले पाँच हजार १२८ मत प्राप्त गर्दै पराजित हुनुभएको थियो । पौडेलले दलीय एकाधिकार, भ्रष्टाचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गर्नुभएको थियो । साहित्य लेखनसँगै सामाजिक अभियानमा आफूलाई क्रियाशील बनाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल उहाँले वालेन्द्र शाह नेतृत्वको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

पौडेल पर्यटनमन्त्री नियुक्त भएसँगै पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलगायतले पर्यटन क्षेत्रको सुधार र दिगो विकासको अपेक्षा गरेका छन् । उहाँको कार्यकालमा पर्यटन क्षेत्रमा नीतिगत सुधारसँगै लगानीको सुरक्षा, पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनका कामले गति लिने विश्वास गरिएको छ । रासस