१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो

पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
अ अ+ अ-

पाल्पा । निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको छ । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक रु अम्रिसो खेती हुँदै आएको छ । इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ ।

व्यावसायिक अम्रिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ अम्रिसोको बगानमा टेक्छन् । युवा वनभोज तथा हिमालका सुन्दर दृष्य खिंच्न काउलेडाँडाको अम्रिसो खेतीमा लोभिन्छन् । दैनिक चारदेखि २० समूहसम्मका पर्यटक काउलेडाँडा पुग्छन् । हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृष्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पुर्याउन सफल बनेको छ ।

डाँडाको वन क्षेत्रको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीयबासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैंसीपालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।

कबुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले वार्षिक रु एक करोड बराबरको अम्रिसो जिल्ला बाहिर जाने बताउनुभयो । कबुलियती वन कृषि सहकारीमार्फत आर्थिक कारोबार हुँदै आएको छ । कबुलियती वनमा आबद्ध सदस्यले कृषि सहकारीसमेत सञ्चालन गरेका छन् । “कृषकले अम्रिसोको आम्दानी सहकारी संस्थामा बचत गर्नुका साथै आवश्यकताअनुसार लगानी पनि गर्छन्,” अध्यक्ष पाटाले भन्नुभयो ।

पहाडका पाल्पा, गुल्मी र स्याङ्जा तथा तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका आन्तरिक पर्यटकको यहाँ ओइरो लागेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले २२७ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जनमा टेवा पुगेको बताउनुभयो । वन कार्यालयले आव २०६६÷०६७ मा काउलेडाँडा कबुलियती वन स्थानीय बासिन्दालाई हस्तान्तरण गरेको थियो । स्थानीय बासिन्दाको अगुवाइमा व्यावसायिक अम्रिसो गरी गरिएको हो । पहिले चरिचरन हुने डाँडा बुट्यानले घेरिएको थियो ।

वनको आर्थिक तथा प्राविधिक सहयोगमा वनमारालगायत कुकाठ फँडानी गरेर अम्रिसो खेती गरी अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।
वनको सेवा क्षेत्रभित्र २ सय ५० घरधुरी बसोबास गर्छन् । वन व्यवस्थापनका लागि १९ समूहमा बाँडिएको छ । समूहले वन र अम्रिसोको व्यवस्थापन, बजारीकरण तथा वनको रेखदेख गर्दै आएको छ । स्थानीय बासिन्दाको रेखदेखमा वन सञ्चालनमा आएपछि हरियाली र वन्यजन्तुको सङ्ख्या बढेको हो । वन कार्यालयले ४० वर्षका लागि स्थानीय बासिन्दालाई वन हस्तान्तरण गरेसँगै रोजीरोटी गर्ने बाटो खुलेको हो ।

अम्रिसो खेती हेर्नका लागि वन क्षेत्रमा प्रवेश गर्दा शुल्क मोटरसाइकललाई रु ५० , कार जीपलाई रु आठ सय र बसलाई रु एक हजार पाँच सय तिर्नुपर्ने व्यवस्था छ । शुल्क तिरेपछि वन क्षेत्रमा वनभोज तथा रमाइलो गर्न पाइन्छ । अम्रिसो प्रतिकिलो रु ५० देखि रु ९० मा खरीदबिक्री हुन्छ । पाल्पामा उत्पादित अम्रिसो रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायत जिल्लामा जाने गरेको छ ।

नेपाली अम्रिसो कुचो भारतीय बजारमा समेत निकासी हुँदै आएको स्थानीय बासिन्दाको भनाइ छ । अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको देखेर अम्रिसो घारी हेर्ने र वनभोज गर्नेको चहलपहल बढ्दो छ । यही नमूनाको काम देखेर जिल्लाका विभिन्न भागमा समेत कबुलियती वनप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ । जडीबुटी खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जन टेवा पु¥याउने वन कार्यालयको लक्ष्य छ ।