५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचन परिणाम जादुमय’ भन्दै ओलीको असन्तुष्टि, कार्यकर्तालाई सक्रिय हुन निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय’ भएको टिप्पणी गर्नुभएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र नतिजाबारे आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय गन्तव्यप्रति विरोधी शक्तिहरूले रुचि नदेखाएको आरोप लगाउनुभयो ।

ओलीका अनुसार देशमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना हुन नचाहने तत्वहरूले ‘घृणाको राजनीति’ लाई बढावा दिएका छन् । उहाँले राजनीतिलाई घृणाद्वारा प्रभावित गर्ने प्रयास भइरहेको र त्यसमा विभिन्न पक्षबाट सहयोग पुगेको दाबी गर्नुभयो ।

साथै, उहाँले पार्टी पंक्तिलाई यस्ता प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन र जनतासम्म सत्य तथ्य पुर्‍याउन सक्रिय हुन निर्देशन दिनुभयो । विशेषगरी सामाजिक सञ्जालमा हुने आलोचना र हमलाको प्रतिवाद गर्न कार्यकर्ताहरूमा देखिएको निष्क्रियताप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“हामी आफैँ बोल्न तयार छैनौँ भने सत्य कुरा जनतासम्म कसरी पुग्छ ? गलत र भ्रमको खण्डन गर्न हामी आफैँ अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सांसदहरूलाई अध्ययनशील, अनुशासित र जिम्मेवार भएर काम गर्न पनि आग्रह गर्नुभयो ।




भर्खरै