१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस



फाइल फोटो
अ+ अ-

काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो प्रस्ताव पेस गर्दै प्रदेश सरकार मातहतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत निजामती कर्मचारीको क्षमता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निजामती कर्मचारीलाई तालिम प्रदान गर्न प्रतिष्ठानको भूमिका अग्रणी रहने भएकाले यसको संरचना तथा सङ्गठनात्मक सुधार गर्न यो विधेयक ल्याएको जानकारी दिनुभयो ।

“प्रतिष्ठानको संस्थागत सुधार गरी सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाउन प्रतिष्ठानको भूमिका महत्वपूर्ण छ,” उहाँले भत्रुभयो । सभामा शून्य समय र विशेष समयमा कोशी प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न एवं जिज्ञासा बारे उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले जवाफ दिनुभएको थियो ।

उहाँले प्रदेश सरकारको ब्याज अनुदानबाट १६३ कृषकलाई २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिनुभयो ।

मन्त्री मन्सुरीले सो कर्जा प्रवाह हुँदा प्रदेश सरकारले ५२ लाख रुपैयाँ ब्याज अनुदान बैङ्कलाई तिरेको उल्लेख गर्दै सुनसरी, मोरङ र झापाका १६ फार्ममा ‘बर्ड फ्लु’ देखिएको र यसलाई नियन्त्रण गर्न मन्त्रालयका प्राविधिक जनशक्ति परिचालन भइसकेको बताउनुभयो ।

मन्त्री मन्सुरीले प्रदेशमा रहेका ५६ वटा शीतगृहमध्ये २८ वटा सञ्चालनमा रहेको र अन्यलाई सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यलाई यथार्थ जानकारी दिन आग्रह गर्नुभयो ।

रासायनिक मलको मात्रा घटाउन र प्राङ्गारिक मलको प्रयोग बढाउन प्रदेशमा २७ स्थानीय तहमा प्राङ्गारिक मल उत्पादन गर्न प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँका दरले सहयोग गरेको जानकारी गराउनुभयो । मन्त्री मन्सुरीले कृषि क्षेत्रमा सुधार ल्याउन र स्वरोजगार सिर्जना गर्न सांसदहरुसँग सुझाव माग्नु भयो ।

विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले गत असोज १८ गतेको बाढी र पहिरोबाट इलाम जिल्लामा करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।

उहाँले विपद्बाट भएको जनधनको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले समयमै यथोचित कदम चाल्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा अर्थ समितिका सभापति विनोद राईले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।