५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीपीएल: शरदको पोखरासंग पारसको चितवन भिड्दै



अ+ अ-

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज (बुधबार) एक खेल हुँदैछ । घरेलु टोली पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्ने लागेको हो । खेल बिहान साढे ११ बजे पोखरा क्रिकेट रंगशालामा सुरु हुनेछ । साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ ।

प्रतियोगिता अर्को दाबेदार टिम चितवन भने आफ्नो पहिलो खेल खेल्दैछ । चितवन प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ । शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो । पोखरा पहिलो संस्करणको उपाधि विजेता समेत हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।

चितवनको नेतृत्व राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले गरेका छन् । पहिलो संस्करणमा दुई टोली दुई पटक खेलेका थिए । लिग चरण र फाइनल चरणमा मैदान उत्रदा पोखरा पल्टनले विजय हासिल गरेको थियो ।