१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० क्रिक्रेट : भारतको दून हेरिटेज विजयी



अ+ अ-

झापा। भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिता सुरु भएको छ ।

नेपाल–भारतमैत्री सङ्घ कोशी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेल नेपालको मिलन क्रिकेट क्लब झापा र भारतको दून हेरिटेज सिलिगुडीबीच भएको थियो । जसमा दून हेरिटेज सिलिगुडी विजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले मौसमका कारण १२ ओभरमा सीमित गरिएको खेलमा ४ विकेट गुमाउँदै ६४ रनको मध्यम योगफल तयार गरेको थियो । त्यसमा ह्याप्पी सरकारले ३८ रनको योगदान गर्नुभएको थियो । जवाफमा मिलन क्रिकेट क्लबले निर्धारित ८ विकेट गुमाउँदै ५३ रन मात्र बनायो ।

विजयी टोलीबाट सर्वाधिक रन बनाउने ह्याप्पी सरकारले खेलको म्यान अफ द म्याचको पुरस्कार पाउनु भएको थियो । बिहीबार भारतको अर्को टोली अल्पाइन स्पोर्टिङ क्लब सिक्किम र आजको विजेता सिलिगुडीबीच हुनेछ । फाइनल खेल शनिबार हुने जनाइएको छ ।

क्रिक्रेटको माध्यमबाट नेपाल–भारतका महिला क्रिकेट खेलाडीलाई परिचित गराउने र आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री सङ्घ झापा अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो । रासस