• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको शिफारिस ★   चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी ★   रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराइयो ★   नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ★   अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ ★   चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै ★   सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ★   दूधमा आत्मनिर्भर बन्यो काभ्रे ★   श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ ★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

दुई मानव कङ्काल फेला



फिदिम । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानबाट उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् । यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल फेला परेको छ ।

उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।