• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

कामका आधारमा ठूला र साना हुँदैनन् : मुख्यमन्त्री शाही



कालीकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिनुभएको छ । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा आज उहाँले श्रमदान गर्नुभएको हो ।

श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै मुख्यमन्त्री शाहीले श्रमको सम्मान गर्न श्रम दिवस मनाउने कार्यको थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कामका आधारमा ठूला र साना हुँदैनन् । सामन्तवादी संस्कृति अन्त्य गर्नुपर्छ । ”

प्रदेश समन्वय परिषद्बाट यहाँका ७९ वटै स्थानीय सरकारहरुलाई श्रम नीतिअनुसार कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले काम देखाउन मात्र नभई श्रम संस्कृतिको विकास गर्न सरकारले शुरु गरेको श्रम दिवस अभियान सफल बनाउनका लागि नागरिक तहदेखि प्रदेशका सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कालीकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जैसीप्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा।मानबहादुर विकलगायत नेपाली सेना, नेपाल प्रहरी र नागरिकहरुले श्रमदान गर्नुभएको थियो ।