• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

असल कृषि फार्म गणना प्रारम्भ



काठमाडौं । उपभोक्ताको स्वास्थ्यमा ध्यान दिने किसान र फार्र्म सञ्चालकलाई प्रोत्साहान गर्न ‘असल कृषि फार्र्म’गणना प्रारम्भ गरिएको छ ।

कृषि परियोजना टीकाथली, विशेष सदाबहार कृषि फार्म, रामकोट र मैत्रीमङ्गलम् अर्गानिक कृषि फार्र्म रामकोटलाई पहिलो चरणमा असल कृषि फार्म घोषणा गर्न लागिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले ती फार्मले ‘असल कृषि अभ्यास लागू गरी उत्पादन गरेका थिए । मानव स्वास्थ्यमा प्रतिकूल असर नपुग्ने गरी प्राङ्गारिक मापदण्डअनुरुप तरकारी तथा खाद्यान्न उत्पादन गरेकाले फार्र्मलाई असल कृषि फार्र्म घोषणा गर्न लागिएको विभागका महानिर्देशक डा मतिना वैद्यले जानकारी दिनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘असल कृषि अभ्यास मापदण्ड कार्यान्वयन निर्देशिका, २०७५’ हालै जारी गरेको थियो ।

निर्देशिकामा फलफूल तथा तरकारी बालीअन्तर्गत बोडी, सिमी, परवल, भेडेखुर्सानी, काँक्रो, घिराँैला, प्याज, फर्सी, जुगेनी रायो, साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ ।

यसैगरी मासु तथा मासुजन्यअन्तर्गत कुखुरा, हाँस, टर्की, खसी÷बोका, भेडा, बङ्गुर सुँगुर, खरायो, माछा, झिङ्गे माछा र ट्राउट माछामा विषादीको अधिकतम सीमा निर्देशिकाले तोकेको छ । फलफूल, तरकारी र मासुमा प्रयोग भएको विषादीको अवशेषको सीमा भने राजपत्रमा प्रकाशित हुन ढिलाइ भइरहेको बताइन्छ ।