४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

असल कृषि फार्म गणना प्रारम्भ

असल कृषि फार्म गणना प्रारम्भ
अ+ अ-

काठमाडौं । उपभोक्ताको स्वास्थ्यमा ध्यान दिने किसान र फार्र्म सञ्चालकलाई प्रोत्साहान गर्न ‘असल कृषि फार्र्म’गणना प्रारम्भ गरिएको छ ।

कृषि परियोजना टीकाथली, विशेष सदाबहार कृषि फार्म, रामकोट र मैत्रीमङ्गलम् अर्गानिक कृषि फार्र्म रामकोटलाई पहिलो चरणमा असल कृषि फार्म घोषणा गर्न लागिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले ती फार्मले ‘असल कृषि अभ्यास लागू गरी उत्पादन गरेका थिए । मानव स्वास्थ्यमा प्रतिकूल असर नपुग्ने गरी प्राङ्गारिक मापदण्डअनुरुप तरकारी तथा खाद्यान्न उत्पादन गरेकाले फार्र्मलाई असल कृषि फार्र्म घोषणा गर्न लागिएको विभागका महानिर्देशक डा मतिना वैद्यले जानकारी दिनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘असल कृषि अभ्यास मापदण्ड कार्यान्वयन निर्देशिका, २०७५’ हालै जारी गरेको थियो ।

निर्देशिकामा फलफूल तथा तरकारी बालीअन्तर्गत बोडी, सिमी, परवल, भेडेखुर्सानी, काँक्रो, घिराँैला, प्याज, फर्सी, जुगेनी रायो, साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ ।

यसैगरी मासु तथा मासुजन्यअन्तर्गत कुखुरा, हाँस, टर्की, खसी÷बोका, भेडा, बङ्गुर सुँगुर, खरायो, माछा, झिङ्गे माछा र ट्राउट माछामा विषादीको अधिकतम सीमा निर्देशिकाले तोकेको छ । फलफूल, तरकारी र मासुमा प्रयोग भएको विषादीको अवशेषको सीमा भने राजपत्रमा प्रकाशित हुन ढिलाइ भइरहेको बताइन्छ ।