१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान



अ+ अ-

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व नै संकटतर्फ धकेलिँदै गएको भन्दै जर्नालिस्ट्स फर जस्टिस नेपाल (जेजेएन) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संगठनले जारी द्वन्द्वहरू तत्काल अन्त्य गरी संवाद र वार्तामार्फत समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसँग जोडदार आह्वान गरेको छ।

जेजेएनका अध्यक्ष टिकाराम खड्का र महासचिव बैकुण्ठ प्रसाद भण्डारीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा युद्धका कारण सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गरिएको छ। बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरू, पत्रकार तथा निहत्था नागरिकहरूमाथि भइरहेका आक्रमणहरू मानवीय मूल्य र अन्तर्राष्ट्रिय मान्यताविरुद्ध रहेको भन्दै शान्तिपूर्ण समाधान खोज्न आह्वान गरिएको हो ।

विश्व शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको उल्लेख गर्दै संगठनले यसको प्रभावकारीता कायम राख्न सबै राष्ट्रहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाउन पनि अपिल गरिएको छ।

जेजेएनले विश्व समुदायलाई मानवीय मूल्य, एकता, पारस्परिक लाभ र साझा हितका आधारमा अघि बढ्न आग्रह गर्दै युद्धका त्रासदीभन्दा संवाद र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिएको छ।