१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

पर्वत। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए । चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो । रासस