५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिको भिडन्त



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो एल क्लासिको भिडन्त आज (बुधबार) राति हुँदैछ । यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको थियो । त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल अहिले महासङ्घनै निर्देशनमा पुनः बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको हो ।

खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा व्यवस्था कडा पारिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीच राम्रो फुटबल हेर्न चाहेको बताएका छन् । जिदानले रियलको ध्यान मैदानमा केन्द्रित रहने पनि बताए । ‘हामी सम्पूर्ण शक्ति मैदानमा लगाउनेछौँ । बार्सिलोना बलियो छ । हामीसँग पनि राम्रा हतियार छन्,’ जिदानले भने । रियललाई एल पछिल्ला खेलमा लियोनेल मेस्सी पन्छाउन निकै कठिन परिरहेको अवस्था छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि बार्साको सम्पूर्ण ध्यान राम्रो फुटबल खेल्नमा केन्द्रित हुने बताए । ‘मैदानको ९० मिनेट हामीलाई कुनै राजनीतिले छुने छैन । शतप्रतिशत दिएर नतिजा निकाल्नु हाम्रो कर्तब्य हो,’ भालभर्डेले भनेका छन् । यसपटक ला लिगामा बार्सिलोना र रियलको अंकतालिका संयोग पनि अनौठो बनेको छ । दुवै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ ।