५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

 भक्तपुरमा केएमसीको ‘सुपर स्पेसियालिटी’ सेवा विस्तार, स्थानीयलाई २५ प्रतिशत छुट

 भक्तपुरमा केएमसीको ‘सुपर स्पेसियालिटी’ सेवा विस्तार, स्थानीयलाई २५ प्रतिशत छुट
अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड अस्पतालले अत्याधुनिक ‘सुपर स्पेसियालिटी’ सेवा विस्तार गर्दै नयाँ युनिट–२ सञ्चालनमा ल्याएको छ।

अस्पतालका प्रबन्ध सञ्चालक डा. सुनिल शर्मा का अनुसार दुवाकोटमै चिकित्सा, नर्सिङ र डेण्टलसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले करिब डेढ अर्ब रुपैयाँ थप लगानी गरेर काठमाडौँको सिनामङ्गलमा उपलब्ध सबै सेवा अब भक्तपुरबाटै उपलब्ध गराउने व्यवस्था गरेको हो।

उनका अनुसार अस्पतालमा मस्तिष्क र मुटुसम्बन्धी जटिल रोगको उपचारका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ। टाउकोको नसामा समस्या आउँदा खप्पर नचिरीकन हात वा खुट्टाको नसाबाट तार तथा बलुन प्रयोग गरी उपचार गर्ने सुविधा सुरु गरिएको छ भने मुटु रोगीका लागि ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा ल्याइएको छ। साथै, छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए।

अस्पतालले अति विपन्न वर्गका एक हजार स्थानीयलाई निःशुल्क औषधि उपचारको व्यवस्था समेत गरेको छ। यससँगै स्थानीय बासिन्दाले उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुने अस्पतालको दाबी छ।

यसैबीच, चाँगुनारायण नगरपालिका सँगको सहकार्यमा स्थानीयवासीलाई सबै उपचार सेवामा २५ प्रतिशत छुट दिने व्यवस्था पनि लागू गरिएको छ। उक्त सम्झौतामा अस्पतालका तर्फबाट डा. शर्मा र नगरपालिकाका प्रमुख जीवन खत्री ले हस्ताक्षर गरेका हुन्।

नगरप्रमुख खत्रीका अनुसार स्थानीय परिचयपत्रका आधारमा उक्त छुट सुविधा आजैदेखि लागू भएको छ। सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न तथा ज्येष्ठ नागरिकका लागि सरकारबाट उपलब्ध सुविधापछि मात्र अस्पतालले थप छुट दिने व्यवस्था गरिएको छ भने अन्य सेवाग्राहीका लागि सुरुदेखि नै २५ प्रतिशत छुट लागू हुनेछ।

वडाध्यक्ष सोम प्रधान ले अस्पताल र नगरपालिकाबीचको सहमतिले करिब ५० हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताए। साथै, वडाध्यक्षको सिफारिसमा ५० जनालाई ५० प्रतिशतसम्म छुटमा उपचार गरिने व्यवस्था गरिएको उनले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरमै विशिष्टिकृत सेवा उपलब्ध भएपछि बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था कम हुने विश्वास व्यक्त गरे।

त्यस्तै, प्रदेश पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ ले मुटु तथा मस्तिष्कसम्बन्धी सेवा जिल्लामै उपलब्ध भएपछि उपचार अभावमा ज्यान जाने अवस्था अन्त्य हुने अपेक्षा व्यक्त गरे।

नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा तथा सङ्घीय सांसद मदनकृष्ण श्रेष्ठ ले जिल्लामै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउनुले स्थानीयलाई सहज र गुणस्तरीय उपचार सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।