५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कमजोर नतिजामाथि समीक्षा गर्न योगेश भट्टराईको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उप महासचिव योगेश भट्टराई ले नेकपा एमालेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई निर्वाचन परिणामबारे सुझाव र राय पेश गर्न आग्रह गरेका छन्।

उनले जारी गरेको सूचनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजाले पार्टीलाई अपेक्षित सफलता नदिएको उल्लेख गर्दै त्यसको वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन्।

भट्टराईले नेकपा एमालेजस्तो बलियो संगठन र व्यापक जनआधार भएको पार्टीले कमजोर परिणाम किन व्यहोर्नुपर्‍यो भन्ने विषयमा गहिरो विश्लेषण गर्नुपर्ने बताएका छन्। समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र जिम्मेवारी किटान र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्न आवश्यक रहेको छ। यसका लागि उनले विभिन्न विषयमा सुझाव माग गरेका छन्।

भट्टराईले निर्वाचनमा कमजोर नतिजा आउनुका कारण, पार्टीको नीति, नेतृत्व, संगठन, कार्यशैली, एजेण्डा तथा प्रचारलगायत पक्षहरूको आन्तरिक र बाह्य विश्लेषण गर्न आग्रह गरेका छन्। त्यस्तै, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका प्रस्ताव र त्यसको कार्यान्वयन विधि तथा प्रक्रियाबारे समेत सुझाव दिन आग्रह गरिएको छ।

साथै, एमालेका सबल तथा कमजोर पक्षहरूको मूल्यांकन गर्दै भविष्यको सम्भावनाबारे पनि धारणा राख्न उनले अनुरोध गरेका छन्।

सुझाव तथा प्रतिक्रिया इमेल र ह्वाट्सएपमार्फत पठाउन सकिने उल्लेख गरिएको छ।