५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण



अ+ अ-

काठमाडाैँ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ ।

मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले यो परियोजना सुरु गरिएको हो ।

सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले तयार पारेका हुन् ।

मन्दिर प्रशासनका अनुसार विभिन्न प्रशासनिक जटिलताका कारण निर्माणकार्य केही समय प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा अघि बढाइएको छ ।

यसैबीच, मन्दिर निर्माणस्थलको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिज तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ ।

लुम्बिनीमा निर्माणाधीन यस मन्दिरले “अप्प दीपो भव” अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने बुद्ध बचनलाई आत्मसात् गर्दै विश्व समुदायमा शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

यो मन्दिर निर्माणसँगै विश्व शान्तिका लागि नयाँ अभियान सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।