६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

प्रमुख प्रतिपक्षीको प्रश्नः क्यान्सर पीडितले एक लाख उपचार खर्च कहिले पाउँछन् ?

प्रमुख प्रतिपक्षीको प्रश्नः क्यान्सर पीडितले एक लाख उपचार खर्च कहिले पाउँछन् ?
अ+ अ-

कर्णाली। कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकारलाई क्यान्सरपीडितले एक लाख उपचार खर्च कहिले पाउँछन् भनी जवाफ मागेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनअन्तर्गत आज बसेका आठौँ बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सभाको छैठौँ बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले क्यान्सरपीडितले पाउने उपचार खर्चबारे स्पष्ट जवाफ नदिएको बताउनुभयो ।

मन्त्री भण्डारीलाई पुनः प्रश्न गर्दै उहाँले भन्नुभयो, “क्यान्सर पीडितले सहज रूपमा रकम पाउने वातावरण बनाउनुपर्छ भनेर पटक–पटक उठाएको विषयमा मन्त्रीबाट स्पष्ट जवाफ आएन । यसले मन्त्रीको कार्यसम्पादन कमजोर छ भन्ने देखाएको छ । रोग प्रमाणित भएलगत्तै पीडितले एक लाख रुपैयाँ पाउने कि नपाउने ? यसबारे सरकारले ठोस जवाफ दिनुपर्छ ।”

क्यान्सर पीडितलगायत दीर्घ रोगीलाई प्रदान गरिने एक लाख रुपैयाँका सन्दर्भमा देखिएको जटिलता प्रदेश सरकारले समाधान गर्नुपर्ने र पीडितले त्यो सुविधा छिटो पाउनुपर्ने प्रमुख सचेतक जिसीको भनाइ थियो । स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई अनुहार हेरेर सरुवा गर्ने, कसैलाई काखी च्याप्ने र उस्तै प्रकृतिका कर्मचारीलाई लखेट्ने प्रवृत्ति मन्त्रीले गरेको आरोप लगाउनुभयो । उहाँले सामाजिक विकासमन्त्री भण्डारीको राजीनामा माग गर्नुभयो ।

नागरिक सरोकारका विषयमा शून्य, विशेष र आकस्मिक समयमा उठेका विषय, सुझाव, जिज्ञासा र प्रश्नको स्पष्ट जवाफ सरकारले दिन नसकेको भन्दै प्रमुख सचेतक जिसीले प्रदेशसभाको ध्यानाकर्षण गर्नुभयो । सभामुख नन्दा गुरुङले यसबारे सभाको ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यसलगत्तै सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले केही प्रदेश ऐनलाई संशधोन गर्न बनेको विधेयक सभामा टेबुल गर्न समय दिनुभयो । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ को अनुसूची १ र २ हेरफेर भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला मन्त्रालय तथा कानुन मन्त्रालय समायोजन भएको बताउनुभयो ।

साविकमा कानुन मन्त्रालयबाट भए गरेका काम कारवाही मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सञ्चालन हुने गरी कानुनी व्यवस्था गर्न आवश्यक भएकोले विद्यमान प्रदेश कानुनको समसामयिक संशोधन गर्न आवश्यक केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा नियमावली २०८१ नियम ११२ उपनियम ३ बमोजिम उहाँले सभामा टेबुल गर्नुभयो । सभाको अर्को बैठक यही चैत १० गते दिउसो ३ः०० बजे बस्ने जनाइएको छ । रासस