५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एल क्लासिको’ भिडन्त बराबरीमै सकियो



अ+ अ-

नाउ क्याम्पमा भएको ‘एल क्लासिको’मा बार्सिलोना र रियल मड्रिड गोल रहित बराबरी भएका छन् । तर पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् ।

दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् । आईतबार सेभिल्लाले भिल्ला रियलविरुद्वको खेल गुमाएको थियो । खेलका दुवै टिमले गोलका सुन्दर मौकाहरु गुमाएका थिए । १७ औ मिनेटमा रियलका क्यासमिरोको हेड बललाई जेरार्ड पिकेले गोल लाईनबाट हटाएका थिए ।

दोस्रो हाफमा ग्यारेथ बेलको गोलले अफसाईडको मान्यता पाएको थियो । ला लिगामा १ सय ७९ औ भेट अक्टोबर २६ मा तय थियो । तर क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो । बुधबार खेलका लागि दुवै टिमलाई एकै होटलमा राखिएको थियो । सुरक्षाका कारण दुवै टिमले एकै होटलमा बसेका थिए ।