६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
अ+ अ-

काठमाडौं। यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको छ। यससँगै नेपाली मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको औपचारिक सुरुवात भएको छ।

राजधानीको स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा उक्त मोटरसाइकल अनावरण गरिएको हो। करिब ७८.५ मिटर अग्लो टावरमा कार्यक्रम आयोजना गर्नुले यामाहाको नवप्रवर्तनलाई नयाँ उचाइमा लैजाने सन्देश दिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु दिइएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यम, डिलर, व्यवसायिक साझेदार तथा राइडिङ समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा चर्चित व्यक्तित्व वर्षा बस्नेत र श्रीहरी पौडेलको पनि सहभागिता थियो। साथै यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ। अनावरणको मुख्य आकर्षण एफजेड सिरिजअन्तर्गतको हाइब्रिड मोटरसाइकल रहेको थियो। सन् २००८ देखि चर्चित यस सिरिजलाई निरन्तरता दिँदै कम्पनीले १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनसँग स्मार्ट मोटर असिस्ट प्रविधि जोडिएको हाइब्रिड प्रणाली सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ मोटरसाइकलले इलेक्ट्रिक असिस्टमार्फत उच्च एक्सेलेरेशन, स्टार्ट–स्टप प्रणाली, सुधारिएको माइलेज र कम उत्सर्जन प्रदान गर्छ। विशेषगरी सहरी यात्रालाई लक्षित गर्दै डिजाइन गरिएको यस प्रणालीले कम स्पिडमा सहज पावर डेलिभरी दिने बताइएको छ।

इन्धनको बढ्दो मूल्य र ट्राफिक जामको समस्यालाई मध्यनजर गर्दै हाइब्रिड प्रविधि व्यवहारिक समाधानका रूपमा अघि सारिएको कम्पनीको भनाइ छ। मोटरसाइकलले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ। सुरक्षा र आरामका हिसाबले पनि मोटरसाइकलमा विभिन्न सुविधा समावेश गरिएको छ। १३५ केजी तौल भएको बाइकमा सिंगल–च्यानल एबीएस, रियर डिस्क ब्रेक, चौडा रेडियल टायर लगायतका विशेषता रहेका छन्।

कार्यक्रमस्थलमा “एक्सपिरियन्स जोन” पनि तयार गरिएको थियो, जहाँ एफजेड सिरिजको विगतदेखि वर्तमानसम्मको विकास यात्रा प्रस्तुत गरिएको थियो। सहभागीहरूले मोटरसाइकलको डिजाइन, प्रविधि र विशेषताबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।

नेपालभर १०० भन्दा बढी डिलरशिप र सेवा केन्द्रमार्फत यामाहाले ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा हाइब्रिड प्रविधि भित्र्याउनु यामाहाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपाली राइडरका लागि उन्नत र विश्वस्तरीय प्रविधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा सीईओ दीपक कुमार अग्रवालले साझेदार र ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालको यातायात क्षेत्रलाई आधुनिक बनाउने दिशामा कम्पनी प्रतिबद्ध रहेको बताए। यस अनावरणसँगै नेपालमा हाइब्रिड मोटरसाइकल युगको औपचारिक सुरुवात भएको विश्लेषण गरिएको छ।