५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कपमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीको जित



अ+ अ-

भक्तपुर । उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप २०१९ को आज भएको खेलमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीले जित हासिल गरेका छन् । गत मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको पहिलो खेलमा आदर्श जनप्रेमीले श्रमिक शान्तिमाविलाई ९–८ को अन्तरले जनप्रेमीले जीत हासिल गरेको हो ।

त्यसैगरि न्यू मिलनियम र कौस्तुप एकेडेमी बिच भएको दोश्रो खेलमा ३–२ को अन्तरले कौस्तुपलाइए पछाडि पार्दै न्यू मिलनियमले जित हासिल गरेको छ । तेश्रो खेलमा साईपल एकेडेमीले भिमेश्वर एकेडेमीलाई ३–० को अन्तरले पछाडि पार्दै साईपल एकेडेमीले जित हासिल गरेको छ । ब्रिजवाटर इन्टरनेशनल कलेज सिनामंगलले आयोजना गरेको अहिलेसम्म कै ठूलो पुरस्कार राशीको ब्रिजवाटर कप २०१९ मा आजको खेलमा विजयी तीन वटै विद्यालय दोश्रो चरणमा प्रवेश गरेका छन् ।

आजको खेलमा पहिलो खेलमा आदर्श जनप्रेमीबाट पारश खत्री, दोश्रो खेलमा न्यूमिलिनियमका विशाल सुनार र तेश्रो खेलमा साईपल एकेडेमीका संजिव लामा म्यान अफ दि म्याच घोषित भए । उनीहरुलाई क्रमश: काठमाण्डौं प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी, समाजसेवी रघुनाथ खड्का र भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृतकुमार खड्काले अवार्ड प्रदान गरे ।

प्रतियोगिताको पाँचौ दिन भोली बिहिबार टाईम्स ईन्टरनेशनल कलेज र ईष्ट प्वाईन्ट, साउथ वेस्टन कलेज र कस्मिक कलेज तथा नेपालय कलेज र सिवर्ड कलेज विच खेल हुनेछ । प्रतियोगितामा विजेता स्कुललाई नगद रु. १ लाख र उपविजेतालाई नगद रु. ५० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रिजवाटर ईन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता १२ गतेसम्म जारी रहनेछ ।