३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको फाइनलमा लिभरपुल क्लब



अ+ अ-

इन्ग्लिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाउन सफल भए । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।