५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीमा एम्बाप्पेको लगातार गोल



अ+ अ-

फ्रान्सेली लिग कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोल अन्तरले हराएको हो ।पीएसजीले खेलमा अग्रता २१ औं मिनेटमा पाब्लो सर्बियाको गोलबाट लिएको थियो । डी मारियाको पासलाई सदुपयोग गर्दै सर्बियाले गोल गरेका थिए । पीएसजीका लागि दोस्रो गोल ४० औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले गरे ।

केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । त्यसको एक मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । जितसंगै पीएसजी लिग कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पीएसजीका लागि एम्बाप्पेले छैटौै खेलमा समेत गोल गर्न सफल भए । उनले पछिल्लो ६ खेलमा पीएसजीका लागि ७ गोल गरेका छन् ।

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाएका थिए । ५३ औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि एक गोल फर्काएका थिए । पीएसजीले शनिबार अब लिग वान खेलमा अमिन्ससंग प्रतिस्पर्धा गर्नेछ ।