१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रेमा ‘अध्यक्ष कप’ गण्डकी प्रदेशस्तरीय भलिबल हुँदै



फाइल फोटो
अ+ अ-

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गण्डकी प्रदेशका पालिकाहरूकाबीच अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गाउँपालिकाको केन्द्र लाहाचोकमा यही चैत ११ देखी १४ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार स्थानीय स्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो । “देशका लागि आवश्यक समक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाटनै हो । प्रतिभाको खोजी गरी उनीहरूलाई राष्ट्रियस्तरमा चिनाउनका लागि प्रतियोगिताले मद्धत पुग्नेछ,” उहाँले भन्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार रु दुई लाख ट्रफी र मेडल रहेको छ । उपविजेताले रु एक लाख पुरस्कार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिनुभयो । यसैगरी महिला तर्फ प्रथम पुरस्कार रु ६० हजार, द्वितिय पुरस्कार रु ३० हजार, ट्रफि मेडल रहेको छ । सेमिफाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार पुरस्कार पाउने छन् ।

गाउँपालिकाले यस वर्ष छेलो हान्ने खेललाई समेत समावेश गरेको छ । छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार, द्वितिय पुरस्कार नगद रु पाँच हजार, तृतीयलाई नगद रु दुई हजार र सान्त्वनालाई नगद रु एक हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।

पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी एक जना समावेश गर्न सकिने गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम बहादुर गुरुङले बताउनुभयो । रासस