१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका उपाध्यक्ष सिंह भन्छन्-‘पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट हो’



अ+ अ-

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिनुभएको हो ।

सिंहकाअनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपालि क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो ।

उहाँले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताउनु भयो ।

यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेसमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताउनु भयो ।

क्यानका सबै पदाधिकारीहरूले क्रिकेटलाई देशका विभिन्न कुनामा पु¥याउने वातावरण सिर्जना गरेको उहाँको भनाइ छ । शनिवारबाट शुरु हुने प्रतियोगिताको तयारीबारे जानकारी दिँदै उहाँले ग्राउण्डको प्रिपरेसन लगभग सकिएको बताउनु भयो ।

मौसमको प्रतिकूलताका कारण क्यानका अध्यक्षको आगमनमा केही अन्योल देखिए पनि टिमलाई बोलाउने काम भइरहेको सिंहले बताउनु भयो ।

नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप यस वर्ष पहिलो पटक मधेस प्रदेशमा आयोजना हुन लागेको हो । मधेस प्रदेश क्रिकेट विकास समितिका सदस्य आकाश पाण्डेकाअनुसार यस प्रतियोगितामा कुल १० वटा टिमले सहभागिता जनाउनेछन् ।

सहभागी टिमहरूमा सातवटा प्रदेश र तीनवटा विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लव) रहेका छन्। प्रतियोगिताको शुरुवाती तालिकाअनुसार काठमाडौंको टीयु ग्राउण्डसहित तीनवटा भेन्यु तय गरिएको भएपनि हाल टीयू ग्राउण्डमा रंगशाला स्तरोन्नतिको काम भइरहेकाले सबै खेलहरू मूलपानी र मधेस प्रदेशका ग्राउन्डहरूमा सारिएको छ ।

प्रतियोगिताका १७ वटा म्याच जनकपुरमा र १८ वटा म्याच वीरगञ्जमा खेलिनेछ । प्रतियोगिताको फाइनल खेल वीरगञ्जको टिडीएसआइ स्टेडियममा हुने तय भएको छ ।—न्युज एजेन्सी नेपाल