१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तविक सामाजिक कथावस्तुमा आधारित म्युजिक भिडियो ‘परदेश’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। युवा मुक्तककार तथा वाचक हिमाल क्षेत्रीका भावनात्मक शब्दसँगै सुरु भएको उक्त म्युजिक भिडियो एभरेस्ट ग्यालरी टिमद्वारा निर्माण गरेको हो ।

यस म्युजिक भिडियोले समयसापेक्ष विषयवस्तुलाई समेट्दै हरेक नेपाली जनजन र बस्तीका कथालाई सजीव रूपमा प्रस्तुत गरेको छ।

विशेषगरी, विदेशी भूमिमा विभिन्न परिस्थितिका कारण बाध्य बनेकी एक नेपाली महिलाले भोग्नुपर्ने पीडा, संघर्ष र मानसिक अवस्थालाई भिडियोमा अत्यन्तै मार्मिक र हृदयविदारक ढंगले प्रस्तुत गरिएको छ। यसले वैदेशिक रोजगारीमा गएका नेपाली दिदीबहिनीहरूको यथार्थ जीवनलाई दर्शकसम्म पुर्‍याउन सफल भएको छ।

म्युजिक भिडियोमा सनम कठायत र सृष्टि खड्काको बेजोड अभिनयले कथालाई अझ जीवन्त बनाएको छ। लोकप्रिय गायक सिडी विजय अधिकारी र शान्ति श्री परियारको सुमधुर युगल स्वरमा सजिएको यस गीतमा सङ्गीत गायक स्वयं सिडी विजय अधिकारीकै रहेको छ भने शब्द रचना प्रजन बस्नेतले गरेका हुन्।

लोकप्रिय मोडल / कलाकार सनम कठायतकै निर्देशनमा तयार भएको यो म्युजिक भिडियो केवल मनोरञ्जनमा सीमित नभई लाखौँ विदेशिएका नेपालीहरूको पीडा, आशा र आफ्नो जन्मभूमिप्रतिको गहिरो माया प्रस्तुत गर्ने एक सशक्त माध्यम बनेको छ। साथै, देशमै रोजगारी सिर्जना भई विदेशिएका नेपालीहरू स्वदेश फर्किने वातावरण बनोस् र सरकारले त्यसतर्फ ठोस पहल गरोस् भन्ने मूल सन्देश पनि यस भिडियोले दिन खोजेको छ।

खिजिदेम्बा गाउँपालिकाको रमणीय बस्तीमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा दीपक गिरीको उत्कृष्ट छायाङ्कन र अमृत चापागाइको कुशल सम्पादन रहेको छ। समग्रमा, “परदेश” म्युजिक भिडियोले दर्शकको मन जित्दै सामाजिक सन्देशमूलक सिर्जनाका रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ।




भर्खरै