१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

लाओसद्वारा इन्धन संकट समाधान गर्न नयाँ कदम शुरु

लाओसद्वारा इन्धन संकट समाधान गर्न नयाँ कदम शुरु
अ अ+ अ-

काठमाडौँ। लाओस सरकारले बढ्दो विश्वव्यापी ऊर्जा मूल्य र आपूर्ति श्रृंखला अवरोधहरूका बीच इन्धन संकट कम गर्न तत्काल कदम चालिरहेको छ ।

यसले मूल्य स्थिर गर्न, निरन्तर आपूर्ति सुनिश्चित गर्न र देशभरका घरपरिवार तथा व्यवसायहरूलाई असर गर्न सक्ने अचानक मूल्यवृद्धिलाई रोक्न विभिन्न उपायहरू लागू गर्दैछ ।

जारी गरिएको एक सूचनामा, लाओ उद्योग तथा वाणिज्य मन्त्रालयले इन्धनको अन्तःशुल्क कटौती गर्ने घोषणा गरेको छ । यसले आन्तरिक मूल्यमा हुने तीव्र वृद्धिलाई रोक्ने उद्देश्यले पेट्रोलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत र डिजेलमा १० प्रतिशतबाट ० प्रतिशतमा झारेको छ ।

सरकारले विश्वव्यापी बजारको उतारचढावका बीच मूल्य स्थिर गर्न, उपभोक्ताहरूमाथिको भार कम गर्न र अचानक हुने मूल्यवृद्धिलाई कम गर्न आफ्नो अनुदान कार्यक्रमबाट रकम विनियोजन गर्नेछ । आयातकर्ता र वितरकहरूले स्थिर इन्धन आपूर्ति कायम राख्ने प्रतिबद्धता दोहो¥याएका छन् भने अधिकारीहरूले विशेषगरी दुर्गम क्षेत्रहरूमा भण्डारण र वितरण विस्तार गर्ने वाचा गरेका छन् ।

बढ्दो विश्वव्यापी ऊर्जा मूल्य र आपूर्ति श्रृंखला अवरोधहरूको प्रतिक्रिया स्वरूप, प्रधानमन्त्रीको कार्यालयले मार्च १३ मा मन्त्रालयहरूलाई इन्धन खपत कम गर्न र आर्थिक स्थिरता सुदृढ गर्न उपायहरू लागू गर्न निर्देशन जारी गरेको छ ।

यसमा कर्मचारीहरूलाई आलोपालो काम गराउने, भर्चुअल (रिमोट) बैठकहरू बढाउने, अनावश्यक यात्रा सीमित गर्ने र लागत कटौतीका उपायहरू लागू गर्ने कुराहरू समावेश छन् ।

अधिकारीहरूले इन्धन आयातकर्ता र वितरण केन्द्रहरूको अनुगमन गर्नेछन्, इन्धन संरक्षणलाई बढावा दिनेछन्, विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्नेछन् र मूल्यमा हुने अस्थिरता रोक्न प्रमुख कृषि उत्पादनहरूको मूल्यको निरीक्षण गर्नेछन् ।

यसैबीच, अधिकारीहरूले सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहित गर्न जारी राख्नेछन्, आर्थिक वृद्धिमा संकटको प्रभावको मूल्याङ्कन गर्नेछन् र नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्नेछन् ।

इन्धन अभावको समयमा बासिन्दाहरूलाई सहयोग गर्न, बुधवार लाओसको राजधानी भियन्टियानमा घुम्ती (मोबाइल) इन्धन सेवा शुरु गरिएको छ । यसैबीच, चम्पासक प्रान्तमा अधिकारीहरूले मुख्य र उपनगरीय मार्गहरूमा निःशुल्क बस सेवा उपलब्ध गराउन थालेका छन्।

इन्धनको अवस्था स्थिर नभएसम्म यी उपायहरू लागू रहनेछन् । बुधवारको एक प्रेस अन्तर्वार्तामा, मन्त्री तथा प्रधानमन्त्री कार्यालयका प्रमुख बुवाखोङ नाम्माभोङले मध्यपूर्वको द्वन्द्वले लाओससहित विश्वलाई नै असर गरेको र यसले देशभरका मानिसहरूलाई असर गर्ने गरी आन्तरिक इन्धन चुनौतीहरू बढाएको बताउनु भयो ।

यसको जवाफमा, लाओ सरकारले अन्तःशुल्क कटौती गर्ने, मूल्य नियन्त्रण गर्न तेल कोषको स्रोत प्रयोग गर्ने र विभिन्न देशहरूबाट इन्धन ल्याउने लगायतका तत्काल कदमहरू चालेको छ ।

संकट समाधान गर्न एक विशेष समिति पनि गठन गरिएको छ भने यसको प्रभाव कम गर्न कामको सिफ्ट परिवर्तन गर्ने र घरबाटै काम गर्ने (रिमोट वर्क) नीतिहरू लागू गरिएको बुवाखोङले बताउनु भयो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल