२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल बराबरी गोलमा टुङ्गियो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।

बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गर्नुभएको थियो ।

तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।