१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख



अ+ अ-

जेनेभा। मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको विश्व व्यापार संगठन प्रमुखले बिहीबार चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गर्नुभएको छ।

मध्य पूर्व द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्छ,” न्गोजी ओकोन्जो–इवेलाले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो ।

“आपूर्तिमा लामो समयसम्म अवरोधले खाद्य प्रणालीमा तरङ्ग ल्याउन सक्छ, जसले किसानहरूलाई मलको प्रयोग कम गर्न र कम परिणम दिने गहन बालीहरू रोप्न प्रेरित गर्दछ,“ उहाँले भन्नुभयो ।

“विश्वव्यापी खाद्य व्यापार मार्गहरू खुला गर्नु र आपूर्तिलाई पूर्वानुमानयोग्य बनाउनु आवश्यक छ, जसले खाद्य आपूर्तिलाई सबैभन्दा बढी आवश्यक भएको ठाउँमा प्रवाह गर्न अनुमति दिन्छ।  (रासस/एएफपी)