३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतुङ्गलमा १० दिने श्रीमद्देवीभागवत–महारुद्र महायज्ञ, मन्दिर निर्माणका लागि भक्तजनको सहयोग जुटाउने



अ+ अ-

काठमाडौँ । काठमाडौँकाे सतुङ्गलस्थित विन्ध्य परिसरमा (चैत ५) भाेलिदेखि १४ गतेसम्म १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुँदैछ।

विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा हुन लागेको यस महायज्ञ विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि समर्पित हुनेछ।

आयोजकका अनुसार, विश्वमा मच्चिएको आधिभौतिक, आधिदैविक तथा आध्यात्मिक तापलाई वैदिक सनातन धर्मको माध्यमबाट शान्त पार्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

यस दौरान श्रीमद्देवीभागवत पुराणको पाठ तथा कथा प्रवचन मुख्य आकर्षणका रूपमा रहनेछन् भने १३३१ आवृत्तिको विशाल महारुद्र अनुष्ठान पनि गरिनेछ।

महायज्ञमा देशमा उत्पन्न हुन सक्ने राजकीय उपद्रव, भोकमरी, भूकम्प, अतिवृष्टि, अनावृष्टि र असाध्य रोग शान्त पार्न नवार्ण मन्त्रको ९ लाख जप तथा हवन गरिनेछ।

त्यस्तै, दरिद्रता नाश र सु–स्वास्थ्यको लागि श्रीसूक्तको विधि विधानपूर्वक एक हजार जप र हवन, नवग्रह पूजन, वेद र गायत्री मन्त्रको सस्वर पाठलगायतका कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

यो पीठ २०४१ सालमा जगदाचार्य नेपाली बाबाले स्थापना गरेका थिए। संस्थाले विगतमा देशका विभिन्न स्थानमा ठूला धार्मिक अनुष्ठान र पदयात्रा सञ्चालन गरिसकेको छ। जगदाचार्यको निधनपछि उनका छोरा रामचन्द्र शर्माको नेतृत्वमा संस्था सञ्चालन भइरहेको छ।

आयोजकका अनुसार भक्तजनहरूले सङ्कलित गरेका रकम विन्ध्यवासिनी देवीको श्रीयन्त्रमय मन्दिर निर्माण कार्यमा खर्च गरिनेछ।