५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्भेसमाथी शान्दार बार्सिलोनाको जित



अ+ अ-

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अल्भेसलाई ४–१ गोल अन्तरले बार्सिलोनाले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान, अर्टुरो भिदाल, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरेका थिए । तर अल्भेसका पीरी पोन्सले एक गोल फर्काएका थिए ।

क्याम्प नाउमा खेलको १४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४५ औं मिनेटमा भिदालले गोल गर्दा बार्सिलोना २–० ले अघि रह्यो । ५६ औं मिनेटमा पोन्सले गोल गर्दै अल्भेसलाई २–१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए । मेस्सीले नयाँ सिजनमा क्लब र देशका लागि ५० औं गोल पुरा गरे ।

त्यसपछि खेलको ७५ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ४–१ को सहज जित दिलाउन सफल रहे । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ । र, लिगमा बार्सिलोनाले तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३६ अंक रहेको छ ।