७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
अ+ अ-

काठमाडाैँ । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।

वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्र्तगत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको उहाँले जानकारी दिए ।

सूचना अधिकारी गुरुङले जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासङ्घको समन्वयमा डढेलो नियन्त्रणका कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताए। “हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, उनले भने ।

गुरुङले आगलागी भएपछि दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने उल्लेख गरे। बाँकेमा गत वर्ष डढेलो नलागे पनि अघिल्लो वर्ष डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु मरेका थिए ।

वन डिभिजन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उनीहरूले आगलागी हुन नदिन योजनाबद्ध काम गर्ने बताए । उनले शम्शेरगञ्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ÷छ जनाको अग्निनियन्त्रण हेरालु रहेका उल्लेख गरे ।

प्रमुख अग्निनियन्त्रण हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने गुस्ताले जानकारी दिए। उनका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पु¥याइएको छ । उनले शम्शेरगञ्जमा रु २५ लाखको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयाङ्क’ समेत निर्माण भएको उल्लेख गर्दै डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

डढेलोका जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना

बाँकेमा गर्मीयाम सुरु भएपछि चल्ने तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लु) तथा हावाहुरीबाट हुनसक्ने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले यसअघि भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको जनाएको छ । बैठकमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लु) तथा वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको थियो ।

गर्मी बढेसँगै आगलागी तथा वन डढेलोका घटना बढ्ने जोखिम रहेकाले डिभिजन वन कार्यालयलाई आगलागी रोकथामका लागि छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।