१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता
अ अ+ अ-

जुम्ला । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।

कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भन्नुभयो । उहाँले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताउनुभयो ।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो । शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताउनुभयो । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताउनुभयो । आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हुँदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिनुभयो । आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताउनुभयो । यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बंैक भएका छन् । कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गर्नुभएको थियो । एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताउनुभयो । सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैंकमा रगत मौज्दात हुनसक्ने उहाँको भनाइ छ । कतिपय समयमा भने विभिन्न अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन् । पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ । पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताउनुभयो । “प्रतिष्ठानमा ब्लड बैंक छ तर रगत दिनेहरुको सङ्ख्या बढाउन जनचेतना गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।