१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत जान लागेको बालकको उद्धार



अ+ अ-

नेपालगञ्ज । अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ ।

सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उहाँका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ ।

हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।

जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले धेरै बालबालिका भारत जान लागेको भेटिएपति शङ्का लागी रोकिएको उहाँले बताउनुभयो ।“सँगै जान लागेका एक जना बालकले बिमारी छु भन्दै ढाँट्यो र सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो ।”

सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४÷७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए ।

यस्तै गाउँपालिकाको जनश्रमदान र गेरुवा गाउँपालिकाको रु १९ लाख बराबरको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको छ । नवनिर्मित तीन कोठाको एकतले पक्की भवनको प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले उद्घाटन गर्नुभएको छ ।

प्रहरी चौकी स्थापनापछि स्थानीय शान्ति सुरक्षा कायम गर्न र कतिपय प्रशासनिक कामकारवाहीमा सजिलो हुने गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो ।