१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष शुभारम्भ, पर्यटन व्यवसायी उत्साहित



अ+ अ-

बर्दिया । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमले ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले समग्र बर्दियाको पर्यटन व्यवसायलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

यहाँका पर्यटन तथा होटल व्यवसायी धर्मराज घिमिरेले प्रदेश सरकारले ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमले व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भ कार्यक्रमसँगै आन्तरिक पर्यटकको चासो बढेको पाइएको छ”, बबई रिसोर्टका प्रबन्ध निर्देशकसमेत रहनुभएका घिमिरेले भन्नुभयो, “नयाँ वर्ष त्यसै पनि पर्यटकको चहलपहल हुने मौसम हो, त्यसमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले पर्यटकको चाप बढेको छ ।”

अङ्ग्रेजी नयाँ वर्ष र भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई लक्षित गरी बर्दियाका ठूला रिसोर्ट धमाधम बुकिङ भइरहेको उहाँको भनाइ छ । भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रमलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीव्र पारेको छ ।

शुभारम्भ कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको समितिका सहसंयोजक माधव नेपालले बताउनुभयो । उद्घाटन समारोहलाई थप भव्य बनाउन होटल व्यवसायी सङ्घ ५ नं प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाएको सङ्घका प्रदेश समिति अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभयो ।

बर्दियामा हुने भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन जिल्लाका आठवटै स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको जिल्ला समन्वय समिति बर्दियाका संयोजक एवं भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिका जिल्ला संयोजक शङ्कर थारुले बताउनुभयो । उहाँका अनुसार बर्दियामा हुने शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन स्थानीय तहका जनप्रतिनिधि पनि उत्साहका साथ लागिपरेका छन् ।