१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

भ्रमण वर्ष शुभारम्भ, पर्यटन व्यवसायी उत्साहित

भ्रमण वर्ष शुभारम्भ, पर्यटन व्यवसायी उत्साहित
अ अ+ अ-

बर्दिया । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमले ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले समग्र बर्दियाको पर्यटन व्यवसायलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

यहाँका पर्यटन तथा होटल व्यवसायी धर्मराज घिमिरेले प्रदेश सरकारले ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमले व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भ कार्यक्रमसँगै आन्तरिक पर्यटकको चासो बढेको पाइएको छ”, बबई रिसोर्टका प्रबन्ध निर्देशकसमेत रहनुभएका घिमिरेले भन्नुभयो, “नयाँ वर्ष त्यसै पनि पर्यटकको चहलपहल हुने मौसम हो, त्यसमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले पर्यटकको चाप बढेको छ ।”

अङ्ग्रेजी नयाँ वर्ष र भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई लक्षित गरी बर्दियाका ठूला रिसोर्ट धमाधम बुकिङ भइरहेको उहाँको भनाइ छ । भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रमलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीव्र पारेको छ ।

शुभारम्भ कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको समितिका सहसंयोजक माधव नेपालले बताउनुभयो । उद्घाटन समारोहलाई थप भव्य बनाउन होटल व्यवसायी सङ्घ ५ नं प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाएको सङ्घका प्रदेश समिति अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभयो ।

बर्दियामा हुने भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन जिल्लाका आठवटै स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको जिल्ला समन्वय समिति बर्दियाका संयोजक एवं भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिका जिल्ला संयोजक शङ्कर थारुले बताउनुभयो । उहाँका अनुसार बर्दियामा हुने शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन स्थानीय तहका जनप्रतिनिधि पनि उत्साहका साथ लागिपरेका छन् ।